लेखक:निरु थापा रामेछाप नगरपालिका ७ ( दृष्टिकोण अनलाइन डट कम )
२०८० पुष ८ गते, आईतवार
विश्वास घात गर्ने भए,,किन विश्वास गर्नु पर्याे ।
घाउ भएको मनमुटुमा,,किन नुन छर्नु पर्याे ।
यदि घात गर्नु थियो,,किन छल गर्याै तिम्ले ।
एकपटक त मरेकै थिए,,फेरि बिउझाई मारेउ तिम्ले ।
आसुकाे त मुल्य छैन,,किन वर्णन गर्नु पर्याे ।
घाउ भएको मनमुटुमा,,किन नुन छर्नु पर्याे ।
भन्ने गर्थ्याै एकाेहाेराे,,भए पनि माया गर्छु ।
याे जिन्दगी रहुन्जेल,,तिम्रै याद र भरमा पर्छु ।
सागरकाे पानी मैले ,,एक्लै आज भर्नु पर्याे ।
घाउ भएको मनमुटुमा,,किन नुन छर्नु पर्याे ।
तिम्रो मानमा सजिईने,,रहरहरु हुदा हुदै ।
एक्काेहाेराे हुनु पर्याे,,तिम्रो यादमा रुदारुदै ।
हिड्ने बाटो सिधै थियो,,बाध्यताले माेड्नु पर्याे ।
घाउ भएको मनमुटुमा,,किन नुन छर्नु पर्याे ।