खाेटाङमा एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीकाे क्षति

२०८० पुष ९ गते, सोमबार

खाेटाङ – दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माकाे एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढी क्षति भएको छ । टेम्माका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा उहाँकाे घरसहित सम्पूर्ण सामान जलेर नष्ट भएकाे हाे । 

जस्तापाताले छाएको तीन तले घर, नगद एक लाख ५० हजार रुपैयाँ, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासहित कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्न, काठपातलगायतका सामग्री जलेर नष्ट भएको हाे । 

‘घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो । ऋण तिर्न भनेर तयार गरेको  एक लाख ५० हजार नगदसमेत जल्यो । अहिले बस्ने बासकै टुङ्गो छैन । हामी त जसरी पनि बस्थिम । सुत्केरी बुहारी र नाबालक नातिको बिचल्ली भयो, उहाँले भन्नुभयो, ‘राहतका लागि आज वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु । यो बेला सबैले सहयोग गरिदिनुहोला।’ 

अहिले आफन्तले दिएको ओढ्ने/ओछ्याउने लिएर मतानमा बास बसिरहेकाे उहाँले बताउनु भयाे । 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon