दुर्घटनामा दुई जनाकाे ज्यान गएपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

२०८० पुष ९ गते, सोमबार

सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा दुई जनाकाे ज्यान गएपछि अवरुद्ध भएकाे बीपी राजमार्ग सञ्चालनमा आएकाे छ । 

स्थानीयले बसमा आगजनी गरेपछि बिहानदेखि अवरुद्ध भएकाे राजमार्ग दिउँसाे १ बजेदेखि सञ्चालनमा आएको हाे ।

आज बिहान रामेछापको मन्थलीबाट काठमाण्डाैका लागि छुटेकाे  बाग्मती प्रदेश ०१–००६ ख ४५९३ नम्बरकाे अरनिको यातायात सेवा प्रालिको बस र काठमाण्डौबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नम्बरकाे मोटरसाइकल ठाेक्किएका हुन् । 

दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षकी मुनाकला राई र मोटरसाइकल चालक खोटाङकै तुवाचुङ नगरपालिका–२ का कुमार राईको ज्यान गएको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon