कर्णालीकाे लगातार चाैथाे हार, लुम्बिनीले ३० रनले हरायाे

२०८० पुष ९ गते, सोमबार

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले लगातार चाैथाे हार बेहाेरेकाे छ ।

आज साेमवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग ३० रनले पराजित भयाे । लुम्बिनीले दिएकाे १ सय ३४ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्याे । कर्णालीका लागि गाैरी बाेहराले सर्वाधिक २२ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रन बनायाे । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले नट आउट ५३ रन बनाइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु, रश्मी खड्का र तृसना विश्वकर्माले समान १ विकेट लिइन् ।

कर्णालीकाे ४ खेल हार्दै तालिकाकाे पुछारमा छ । लुम्बिनी ४ खेलमा ४ अङ्क जाेड्दै तालिकाकाे पाँचाैँ स्थानमा छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon