‘आईएमई पे’ र ‘एजुकेशन पार्क’ बीच विद्यार्थीलाई छुट दिने सम्झौता
काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट आईएमई पेु र एजुकेशन पार्कबीच आयल्ट्स र पीटीईकाे तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार काठमाण्डाैकाे सिभिल मलकाे आठौँ तलामा रहेको एजुकेशन पार्कमा आयल्ट्स र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यही पुस ६ गतेदेखि लागू भएकाे याे याेजनाकाे अवधि तीन महिनाकाे हुने आईएमई पेले जनाएकाे छ ।
याे याेजनाले आयल्ट्स र पीटीई कक्षा लिन चाहने विद्यार्थीलाई अझ सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि तीन महिनाको भए पनि पहिला कक्षा ‘बुक’ गर्ने विद्यार्थीले आफ्नो समयअनुसारको कक्षा छनाेट गर्न सक्नेछन् । विद्यार्थीमाझ अति नै लोकप्रिय दुवै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।







