रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री

२०८० पुष ११ गते, बुधबार

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख रुपैयाँ आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिनुभयो । गाउँपालिकाभित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको छ ।

एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टल अदुवा चार हजार रुपैयाँका दरले  बिक्री गरेका छन् । व्यापारी गाउँमै पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ । 

व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट  एक लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो । विगत २० वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उहाँले निरन्तर रुपमा खेती गर्दै आउनुभएको छ । यस वर्ष उत्पादन भएको साढे तीन  क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल चार हजार रुपैयाँदेखि आठ हजार रुपैयाँका दरले बिक्री गरेकोे उहाँले बताउनुभयो ।

त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको बताउनु भयाे । तीस वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आउनुभएका उहाँले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताउनुभो । अदुवा गाउँबाटै प्रतिक्विन्टल चार हजार र बीउका लागि प्रयाेग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजाार देखि १० हजार रुपैयाँसम्म बिक्री भएकाे उहाँले बताउनु भयाे ।

‘पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु’, उहाँले भन्न्नुयभो । यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर  राखेको किसान खड्काले बताउनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon