निशान बचत तथा ऋण सहकारी संस्था लि. काे ११औँ वार्षिक साधारणसभा सम्पन्न,
खुशी,सुखी र समृद्धिको पहिचान,हाम्रो आफ्नै सहकारी निशान“ भन्ने मुल नाराका साथ निशान सहकारी संस्थाले आज ( शनिबार ) रामेछाप बजारमा ११ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । रामेछाप नगरपालिका भित्र रहेका वडाहरु ७,८ र ९ लाई आफ्नो कार्य क्षेत्र बनाएर यश संस्थाले काम गर्दै आएको छ । निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा २ लाख ३७ हजार ९ सय ९१ रुपैयाँ नाफा कमाउन सफल भएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष अमित कुमार तामाङले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिबेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।
आ.व २०७९/८० को असार मसान्तसम्मको कुल शेयर पुँजी २३ लाख ७५ हजार,जगेडा तथा अन्य कोषहरु १२ लाख ६७ हजार ५ सय ३०,निक्षेप ३ करोड ३४ लाख १ हजार ४ सय ५०,सदस्यलाई ऋण लगानी ३ करोड २ लाख ५५ हजार ८ सय ८५ नगद १० लाख ६६ हजार ४ सय ५९,बैंक ३२ लाख ४७ हजार ६ सय ३५ रहेकोमा हाल संस्थाको तरलता रकम ९० लाखको हाराहारीमा रहेको आर्थिक प्रगति प्रतिबेदनमा उल्लेख गरिएको थियो त्यस्तै लेखा सुपरिवेक्षण हरिचन्द्र श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा संस्थाका सचीव अपना कुमारी श्रेष्ठले आ.ब २०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रबत्ता समीर कार्कीको प्रमुख आतिथ्यतामा साधारणसभा सभा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै प्रबत्ता कार्कीले निशान सहकारी नीति र विधिमा चलेको रहेको बताउनुभयो । यस सहकारीका व्यवस्थापक लक्ष्मण श्रेष्ठसँग सहकारी संचालन तथा व्यवस्थापनको राम्रो अनुभव रहेकाले यस सहकारीले सेयर सदस्य तथा बचतकर्ताहरुको मर्म अनुसार काम गर्दै आएको महसुस आफुले गरेको उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्ग,जिल्ला बचत संघका महासचिव शिवराज श्रेष्ठ,नेप्सकुनको जिल्ला फिल्ड कार्यालय प्रमुख सूर्य थापा, केवलेश्वर बचतका देव श्रेष्ठ लगायतले संस्थालाई शुभकामना तथा सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।







