समाज सेवा जागृति महिला बचतले वार्षिक रुपमा एकलाख एकचालीस हजार नाैसय सतासी नाफा कमाउन सफल,
समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था लि रामेछापको १६ औँ वार्षिक साधरणसभा तथा छैँठौ अधिवेशन आज (शुक्रबार ) सम्पन्न भएको छ। अधिवेशनमा सचिव निरमाया शाहीकाे आज्ञाले सस्थाकाे साङ्गाठानिक प्रगति प्रतिवेदन अपना कुमारी श्रेष्ठले वाचन गर्नुभएको थियोे । त्यसैगरी ५ सय ४१ जना सेयर सदस्य रहेको संस्थाको आव २०७९/८० मा ४ लाख ५ हजार ६ सय सेयर पुँजी रहेकोमा १ करोड ३५ लाख ७६ हजार २ सय ९० रुपैयाँ ९० पैसाको कारोबार गरेको कोषाध्यक्ष कल्पना देवकोटाले प्रस्तुत गर्नुभयो भने लेखासुपरिवेक्षण चन्द्रा खड्काले लेखा प्रतिवेदन वाचन गर्नुभएको थियो ।
संस्थाले १ करोड १७ लाख ६६ हजार लगानी गरेको र २८ लाख २६ हजार ५ सय ७४ आम्दानी गरेको साथै १६ लाख ७४ हजार ६ सय ७७ रुपैँयाँको खर्च भएको आर्थिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष लक्ष्मी घिसिङ्गको अध्यक्षता तथा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यता, रामेछाप नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सन्तोष तामाङ्ग, जिल्ला सहकारी संघ, रामेछाप नगरपालिका भित्रका सहकारीका प्रमुख एवम् प्रतिनिधीहरु, संस्थाका शेयर सदस्य,बचतकर्ताहरुको उपस्थिती रहेको थियो ।
साथै सहकारीको छैठौ अधिवेशनले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ भने लेखा सुपरीवेक्षण समिति संयोजकमा घनामाया श्रेष्ठ सदस्यमा हिममाया श्रेष्ठ र कोपिला खुलाल मगर चयन हुनुभएको थियो ।







