प्रधानमन्त्री कप क्रिकेटमा एपीएफकाे तेस्राे जित

२०८० माघ ११ गते, बिहीबार

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले तेस्रो जित हात पारेको छ । भैरहवामा आज भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले हरायो ।

लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य एपीएफले २२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । एपीएफका कप्तान रोहित पौडेलले ५२ रन बनाए । लुम्बिनीका मोहम्मद हुसैन, कृष्ण कार्की र इकलाख अहमदले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले नट आउट ३९ रन बनाए । एपीएफका रमेश कुर्मीले ५ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो लगातार चौथो हार हो । एपीएफ ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । लुम्बिनी २ अङ्कसहित नवौँ स्थानमा छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon