मरिणमा छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी सम्मानित

२०८२ माघ १ गते, बिहीबार

 

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा युवा तथा खेलकुद विकास समिति, मरिणद्वारा आयोजित छैटौँ मरिण गाउँपालिका स्तरीय अध्यक्षकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ को उद्घाटन कार्यक्रम आज (बिहिवार) सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य माननीय लेखनाथ दाहाल (राजन) प्रमुख अतिथि  तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रम आयोजक समिति संयोजक सुमन राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले खेलकुदले युवालाई अनुशासित, सक्षम र नेतृत्वशील बनाउने उल्लेख गर्दै गाउँस्तरबाटै खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरू निरन्तर हुनुपर्नेमा जाेड दिनुभयो।

त्यस्तै, विशिष्ट अतिथि मुक्तानले मरिण गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पूर्वाधार विकास  र खेलाडी प्रोत्साहनमा थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, इलाका प्रहरी प्रमुख तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा मरिण गाउँपालिकामा स्थायी ठेगाना भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडी तथा निर्णायकहरूलाई सम्मान गरिएको छ। सम्मानित हुने व्यक्तिहरूमा
अनिल रोक्का – मरिण वडा नं. ३ (कराते)
निमा भोलन – मरिण वडा नं. ५ (कराते)
ममिता थोकर – मरिण वडा नं. ५ (कराते)
शान्तमाया माझी – मरिण वडा नं. ५ (कराते)
ज्ञान बहादुर मुक्तान – मरिण वडा नं. २ (फुटबल रेफ्री)
सुदिप मुक्तान – मरिण वडा नं. ३ (फुटबल खेलाडी)
दिपक माझी – मरिण वडा नं. ३ (फुटबल खेलाडी)
बुद्ध लुङ्गेली मगर – मरिण वडा नं. ५ (फुटबल खेलाडी)
आदेश थिङ – मरिण वडा नं. २ (फुटबल खेलाडी)
रहेका छन्।
अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिताले स्थानीय युवाहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै प्रतिभावान् खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon