राष्ट्रपति रनिङ शिल्डका लागि गोलन्जोर तयार, माघ चार देखि खेल सुरु,

२०८२ पुष २७ गते, आईतवार

सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिको निर्णयअनुसार प्रतियोगिता २०८२ साल माघ ४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

प्रतियोगिता गोलन्जोर गाउँपालिका–३, ग्वालटारमा आयोजना हुनेछ। प्रतियोगितामा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।

प्रतियोगितामा सहभागी हुने विद्यार्थी खेलाडीहरूको उमेर १८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, सहभागी खेलाडीले एक खेल विधामा मात्र सहभागिता जनाउन पाउने सूचनामा उल्लेख छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले सहभागी खेलाडीहरूको नामावलीसहित तोकिएको ढाँचामा फाराम भरी २०८२ साल ९ महिना ३० गतेभित्र गोलन्जोर गाउँपालिका खेलकुद विकास समिति सचिवालयमा पेश गर्नुपर्नेछ।
उमेर तथा कक्षा प्रमाणीकरणका लागि सहभागी विद्यार्थीले EMIS–२०८२ को जन्म दर्ता विवरण, कक्षा ९ को सर्टिफिकेट, कक्षा १० को ग्रेडसिट, कक्षा ११ को रजिस्ट्रेशन फाराम तथा कक्षा १२ को अघिल्लो वर्षको रजिस्ट्रेशन फाराम अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय नै अन्तिम हुने सूचनामा उल्लेख गरिएको छ। प्रतियोगिता प्रत्येक दिन बिहान १० बजेदेखि सुरु हुनेछ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon