कानुनी सशक्तीकरण एक दिने शिविर समापन,
आज (बिहिवार) रामेछाप नगरपालिका वडा नं ७ वडा कार्यालयमा बालबालिकामा गरेको लगानी,ल्याउछ सुनाैलाे बिहानी भन्ने मुल नाराका साथ एक दिने कानुनी सशक्तीकरण कार्यक्रम समीर कार्कीको अध्यक्षतामा संचालन भएको थियोे ।
कार्यक्रमकाे आयाेजना रामेछाप नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयले गरेको थियो भने प्रहरी चाैकी रामेछापको समन्वयमा कार्यक्रम भएको थियोे ।
कार्यक्रममा सामाजिक अगुवा,बालमैत्री वडा समिति,पण्डित,धामीझाँक्री,जेष्ठ नागरिक शिक्षक,मेलमिलापका संयाेजक,कार्यपालिका सदस्य,स्वयम सेवकहरुकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमकाे सहजिकरण रामेछापका प्रहरी चाैकी इन्चार्ज हरिन्द्र प्रसाद शाह र कानुनी सल्लाहकार लाेकहरी दाहालले गर्नुभएकाे थियोे । कार्यक्रममा बाल बिबाह,बाल श्रम,बहु विवाह,बाल कुलत,सामाजिक चेतना,सस्कार तथा मान्यता सम्बन्धि घनिष्ट छलफल भएको थियोे । बाल विवाह हुन नदिन पहिलो हात घरका आमा,बुबाको हात हुन्छ घरमा आफ्नो बच्चा कुन समयमा के गरिरहेकाे छ र उमेर अनुसार बच्चा परिवर्तन हुदै गर्दा घरकाे आमा बुबाले ध्यान दिए भने बालबालिका ९०%सुध्रिन्छन र बाल विवाह र अरु कुलतबाट पनि बच्छन विवाह राेक्न धामीझाँक्री,बैध्य,जाेतिषकाे पनि थाेरै भुमिका रहन्छ भन्ने छलफल भएको थियोे ।
कार्यक्रमका अध्यक्ष समीर कार्कीले भन्नुभयो बाल विवाह हुनुको कारण गरिबी,सामाजिक संजाल र संगतकाे कारणले पनि भएको पाइन्छ । कार्कीले भन्नुभयो अब जुन बच्चा पढ्ने बेला भएकाे छ विद्यालय पठाएको छैन भने त्यस्ता अभिभावकलाइ थाेरै समयको लागि राज्यबाट पाउने सेवा सुविधामा पनि राेक गलाउछाै । यदि कसैको बच्चा स्टेसनरी नभएर फि तिर्न नसकेर पढ्न पाएकाे छैन भने त्यस्तो बच्चाकाे लागि पढाइ खर्चमा सम्मेत वडाले लगानी गर्ने बताउनु भयाे । समाज परिवर्तन गर्न मबाट सुरु गर्नुपर्छ भन्दै कार्यक्रमकाे समापन गर्नुभयो ।







