सुनकाेसी सामुदायिक अस्पतालले गर्याे ७८ जनाकाे निःशुल्क माेतिया विन्दुकाे अप्रेसन,
२०८० माघ २१ गते, आईतवार
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा हिजो (शनिबार )देखि संचालन भएको दुई दिने मोतिया विन्दु भएका विरामीहरुको आँखाकाे निःशुल्क सल्यक्रिया आज (आइतबार)समापन भएको छ ।
सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाकाे संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा शिविर शनिवार र आईतवार चलेको थियोे । शिविरमा जम्मा ७८ जनाकाे सल्यक्रिया सम्पन्न भएको सुनकोसी सामुदायिक अस्पतालका कर्मचारी बुद्धि श्रेष्ठले जानकारी दिनुभयो ।
सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउपालिका सहित रामेछाप जिल्लाका समेत बिरामी रहेको आयोजक ले जनाएको छ।







