नेपालले दियाे क्यानडालाई २ सय २५ रनकाे लक्ष्य
२०८० माघ २५ गते, बिहीबार
काठमाण्डाै – पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन बनायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । भुर्तेल ५८ बलमा ६२ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० रन बनाए । क्यानडाका उदय भगवानले ३ विकेट लिए ।
नेपाल र क्यानडाबीच ३ वटा खेलको शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो ।







