१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिप : बङ्गलादेशले भारतलाई हरायाे

२०८० फाल्गुन २२ गते, मंगलवार

 १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा बङ्गलादेशले भारतलाई हराएको छ ।

एन्फा कम्प्लेक्स ललितपुरमा आज भएको खेलमा बङ्गलादेशले भारतलाई ३–१ ले हरायो । बङ्गलादेशकी अल्पी अक्तेर, सौरभी अकन्दा प्रिती र अर्पिता विस्वासले गोल गरिन् । भारतकी अनुष्का कुमारीले सान्त्वना गोल गरिन् ।

प्रतियोगितामा पर्सि भारत र नेपालबीच खेल हुनेछ । लिग चरणका ६ खेलपछि शीर्ष २ टोलीले आउँदो आइतवार फाइनल खेल्नेछन् । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान छन् ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon