एमालेकाे प्रमुख सचेतकमा महेश बर्ताैला र सचेतकमा सुनिता बराल नियुक्त
२०८० फाल्गुन २२ गते, मंगलवार
नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्ताैला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ ।
दलका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बर्ताैलालाई मुख्य सचेतकमा र बराललाई सचेतकमा चयन गर्नुभएको हो । यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी हिजो नवगठित मन्त्रिपरिषदमा सदस्य हुनुभएपछि सचेतक बर्ताैलाले नयाँ जिम्मेवारी पाउनुभएको हो ।







