लुम्बिनी शिखर सम्मेलन स्थगित
२०८० फाल्गुन २२ गते, मंगलवार
दाङ – लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एन्ड लिड्स’ शिखर सम्मेलन स्थगित गरेको छ ।
आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणवश सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।







