चर्च ब्वाइज झापा गाेल्ड कपकाे सेमिफाइनलमा
२०८० फाल्गुन २२ गते, मंगलवार
काठमाण्डाै – चर्च ब्वाइज युनाइटेड क्लब झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
बिर्तामोडको डोमलाल राजवंशी मैदानमा आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोलले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजका लागि अवयोमी फकुन्लेले गाेल गरे ।
हिजो भएको खेलमा बाग्मती युवा क्लबलाई हराएर शसस्त्र प्रहरी बलकाे एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेको छ । भोलि त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबले खेल्नेछन् ।
१० टोली सहभागी खेलको विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनल खेल आउँदाे साेमवार हुनेछ ।







