रामेछाप नगरपालिका वडा नं ९ टाहार गाउँमा भिषण आगलागी, आगलागीबाट २० घर जलेको अनुमान

२०८० चैत्र १ गते, बिहीबार

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टाहार गाउँमा भिषण आगलागी भएको छ । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै घरहरु जलेर नष्ट भएकाे छ हावाहुरीकाे कारणले पनि आगाे धेरै फैलिएको त्यसै गाउका स्थानीय बासिन्दा घना माया श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हावाहुरीकाे कारण आगाे नियन्त्रणमा ल्याउ धेरै कठिन भएको छ । आगलागीबाट २० वटा भन्दा बढी घर जलेर नष्ट भएको छ। आगोलागीबाट मानविय क्षती नभए पनि भौतिक र पशु चौपायामा धेरै क्षती भएको छ । ।”नेपाली सेना,डिभिजन वन कार्यालयमा अग्नी नियन्त्रक टोली, रामेछाप नगरपालिका प्रमुख ,उप-प्रमुख,रामेछाप नगरपालिकाका निमित्त प्रशासन अधिकृत हाेम बहादुर थापा, वडा नं ७ का वडा अध्यक्ष समीर कार्की,मन्थली नगरपालिकाको दमकल र स्थानिय बासिन्दाहरु आगो नियन्त्रणमा खटिएका उहाँले बताउनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon