रामेछापकाे वडा नं ९ टाहार गाउँमा आगलागी हुदा २६ वटा घर गोठ जलेर नष्ट

२०८० चैत्र १ गते, बिहीबार

आज (बिहीबार ) दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टाहार गाउँमा भएको भिषण आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा घना माया श्रेष्ठको भनाइ अनुसार सो गाउँका २६ वटा घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । उहाँका अनुसार १४ वटा घर १२ वटा गोठ जलेर नष्ट भएको छ ।

भित्र रहेको धनमाल,अन्नपात,लत्ताकपडा सबै जलेर खरानी भएको हो । गोठमा बाँधिएका भैँसी,गोरु र ५० वटा भन्दा बढी खसी,बाख्रा आगोले जलेर मरेको स्थानीय बासिन्दा श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट घरबार बिहीन भएका स्थानियहरु खुल्ला आकाश मुनि रात कटाउनुपर्ने स्थितीमा रहेका छन ।

बस्ने घर,खाने अन्न र ओढ्ने कपडा सबै जलेर खरानी भएपछि उनिहरु निकै पिँडामा छन । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै क्षती गरेको छ । बाग्लो बस्ती रहेको टाहार गाउँका अधिकांश घरहरु जलेको अवस्थामा छन । आगोलागीबाट मानविय क्षती नभए पनि भौतिक र पशु चौपायामा धेरै क्षती भएको छ ।

टाहारका स्थानियहरु रामेछापको बिहीबारे हाटमा आएको समयमा आगलागी हुँदा धेरै क्षती भएको स्थानीय बासिन्दा श्रेष्ठले बताउनुभयो । आगालागी नियन्त्रणको प्रयास भैरहेको उहाँले बताउनुभयो । नेपाली सेना,डिभिजन वन कार्यालयका अग्नी नियन्त्रक टोली,रामेछाप नगरपालिका प्रमुख ,उप-प्रमुख रामेछाप नगरपालिकाका निमित्त प्रशासन अधिकृत हाेम बहादुर थापा, मन्थली नगरपालिकाको दमकल,वडा नं ७ का अध्यक्ष समीर कार्की र स्थानीय नागरीकहरु आगो नियन्त्रणमा जुटेका छन । आगो भने अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon