बित्तिय साक्षरता तथा झोल साबुन बनाउने तालिम गाेलन्जाेर ५ खनियाखर्कमा सम्पन्न,

२०८० चैत्र २१ गते, बुधबार

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा न ५ खनियाखर्कमा बित्तीय तथा साक्षरता झोल साबुन बनाउने तालिम आज (बुधबार ) सम्पन्न भएको छ । प्रकाश लुङ्गेलिकाे प्रमुख आतिथ्यता र कालिका नेपालीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

तालिममा ५० जना सहभागिता भएका थिए । कार्यक्रममा नेकपा एमालेका पुर्व वडा सदस्य प्रकाश लुङ्गेलि, गढी प्रहरी चौकिका इन्चार्ज प्रमुख जिके खतिवडा, सन्चारकर्मी अर्जुन गजुरेल, लघुबितिय शाखाको अनुगमनका बल बहादुर साहीले मनतव्य राखेका थिए । मनतव्यकाे क्रममा यहाँ सिकेर वा तालिममा सहभागी भहिसकेपछी अझ गाउँमा गएर प्रभावकारी बनाउनुपर्छ भन्दै आ आफ्नो भनाइहरु राख्नुभको थियोे । प्रशिक्षककाे रुपमा सुर्योदय वोमि लघुबितिय कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुर्याेदय वाेमि लघुबित्तसंस्था लिमिटेड खनियाखर्ककाे आयोजनामा तालिम संचालन भएको थियो । सुर्योदय वोमि लघुबित्त बित्तीय सस्था लिमिटेडले मायाको चिनो समेत प्रदान गरेको थियो ।यसै शाखाको सुर्योदय वोमि लघुबित्त बित्तीय सस्थाको शाखा प्रमुख श्री कालिका नेपालीको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon