पाैडी खेल्ने क्रममा डुबेर १७ वर्षका एक किशोरकाे मृत्युु,
२०८० चैत्र २२ गते, बिहीबार
रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको लिखुखाेलामा डुबेर मृत्यु भएकाे छ ।आज (बिहीबार) दिउँसो लिखुखाेलामा पाैडी खेल्ने क्रममा उनको मृत्यु भएकाे हाे ।
घर नजिकै रहेको जलजले स्थित लिखु खोलामा २ जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ।
मृतक श्रेष्ठ एसइईको परीक्षा दिँदै गरेका विद्यार्थी हुन । घटनाको अनुसन्धानको लागि साँघुटारबाट प्रहरी टाेली घटनास्थल तर्फ जादै गरेकाे रामेछाप प्रहरीले जानकारी दिएको छ। श्रेष्ठ सँगै पौडी खेल्न गएका दुई जना किशोरहरु भने सकुशल रहेको रामेछाप प्रहरीको भनाई छ ।







