नेपाल प्रेस युनियन सिन्धुलीले नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण पत्र बुझाउदै गर्याे तालाबन्दी,

२०८१ जेष्ठ १४ गते, सोमबार

नेपाल प्रेस युनियन सिन्धुलीले आज( साेमबार) नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण पत्र बुुझाउदै तालाबन्दी गरेको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सार्वजनिक गरेको सदस्यताकाे अन्तिम नामावली सम्बन्धमा नेपाल प्रेस युनियन सिन्धुली शाखाको गम्भीर ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुलीले जिल्लाबाट सर्वसम्मत रुपमा सिफारिस गरेको नामावलीलाई प्रदेश हुदै केन्द्र सम्म पुग्दा व्यापक हेरफेर भएको पाईएकाेले पत्रकार महासंघ सिन्धुली शाखाको स्वायत्तता माथि प्रश्न चिन्ह उठेको प्रेस युनियन सिन्धुली महसुस गरेकाे छ ।

विधि विधान अनुसार जिल्लाले सिफारिस गरेको सर्वसम्मत सदस्य नामावलीलाई बेवास्ता गरि प्रकाशन गरेको सदस्य नामावली प्रति नेपाल प्रेस युनियन सिन्धुलीले गम्भीर आपत्ति जनाएकाे छ ।

जिल्लाबाट सर्वसम्मत रुपमा सिफारिस भएका सदस्यकाे नामावली कायम नगरी प्रक्रिया अघि बढेमा त्यसबाट उत्पन्न हुने गम्भीर परिवेश प्रति सम्बन्धि पक्ष नै जिम्मेवारी हुने जानकारी गराउदै हाम्रो ध्यानाकर्षणलाई सम्बाेधन नहुने अबस्था सम्मको लागि विरोध स्वरूप नेपाल पत्रकार महासंघ सिन्धुली शाखामा तालाबन्दी गरिएको हाे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon