प्रकृयालाई मिचेर सदस्यहरुकाे सुचि सार्वजनिक गरेकाेमा आपत्ति जनाउदै नेपाल प्रेस युनियन रामेछापले महासंघमा लगायाे ताला,
रामेछाप ।
नेपाल पत्रकार महासंघले महासंघकाे विधान, विधि र प्रकृयालाई मिचेर सदस्यहरुकाे सुचि सार्वजनिक गरेकाेमा आपत्ति जनाउदै नेपाल प्रेस युनियन रामेछापले आज ( मंगलबार )महासंघमा ताला लगाएको छ ।
सदस्यता शुद्धीकरण अभियानमा युनियनले निष्पक्ष तथा स्वतन्त्र भएर काम गर्दापनि केही समुह तथा व्यक्तिहरुकाे निहित स्वार्थमा सदस्य शुचि सार्वजनिक भएकाे प्रति युनियनले आपत्ति जनाएकाे छ ।
नेपाल युनियनले एक विज्ञप्ति जारी गर्दै महासंघ आफैले बनाएकाे विधि ,विधान , प्रकृया र छानवीन समितिलाई समेत बेवास्ता गरि सिमित समुहकाे निहित स्वार्थमा मनाेमानि ढङ्गबाट आएकाे सदस्यता युनियनका लागि मान्य नहुने भन्दै युनियनले विराेध जनाएकाे हाे ।
नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले युनियनले ताला लगाएकाे प्रदेश र केन्द्रीय समितिलाइ जानकारी गराउदै समस्या समाधानका लागि पहल गर्छु भन्ने प्रतिबद्धता गर्नुभएको छ ।
विधान,विधि प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखा र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियन माग गर्दछ । सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं नेपाल पत्रकार महासंघनै हुनेछ भन्दै नेपाल प्रेस युनियनकी अध्यक्ष ज्ञानु श्रेष्ठले ध्यानाकर्षण पत्र नेपाल पत्रकार महासंघलाई बुझाउनु भएको हाे ।








