गाेलन्जाेर गाउँपालिकामा बस दुर्घना,दुर्घटनामा २३ जना घाइते,
२०८१ जेष्ठ १७ गते, बिहीबार
सिन्धुली ।
सिन्धुली जिल्लाकाे गोलन्जोर गाउँपालिका वडा न ७ तल्लो बारामा बस दुर्घटना भएको छ । बर्दिबास बाट काठमाडौ जाँदै गरेको बस तल्लो बारामा दुघर्टना भएको छ ।दुर्घटनामा घाइते हुने २३ जना पुगेका छन । घाइतेहरुलाई उपचारको लागि खुर्काेटकाे शुभ जीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भईरहेकाे सिन्धुलीका प्रहरी प्रमुख उपरीक्षक गोबिन्द राज काफ्लेले जानकारी दिनुभएको छ ।








