ट्रकको ठक्करबाट महिलाको ज्यान गएपछि भक्तपुरको गठ्ठाघर बन्यो तनाव ग्रस्त,

२०८१ श्रावण ३१ गते, बिहीबार

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको ज्यान गएको छ । ट्राफिक प्रहरीले जाँच गरिरहेको बेला रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

 ठक्करबाट दोलखाको मेलुङ ४ घर भई काठमाण्डौको बागबजार बस्ने २३ वर्षीय सुष्मा नेपालीको ज्यान गएको छ । ठक्करबाट महिलाको घटनास्थलमा नै ज्यान गएपछि मानिसहरुले ट्रकमा तोडफोड गरेका थिए । ढुङ्गामुढा रोक्न पुगेको प्रहरी र आक्रोसित भीडबीच झडप समेत हुँदा तनाव भएको थियो । 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon