आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) काे २५ औँ स्थापन दिवस सम्पन्न

२०८१ श्रावण २७ गते, आईतवार

आज (आईतवार) रामेछाप नगरपालिकाकाे सभाहलमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २५ औं स्थापना दिवस भब्य र सब्य रुपमा सम्पन्न गरेको छ

स्थापना दिवसकाे अवसरमा जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । खोज पत्रकारीता बर्ष पुरस्कारबाट पत्रकार नवराज पथिक र उत्कृष्ठ आदिवासी जनजाति पत्रकारीता बर्ष पुरस्कारबाट तुलसीदेवी श्रेष्ठलाई सम्मान गरिएको हो । श्रेष्ठलाई नगद रु १० हजार सहित र पथिकलाई नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी उर्जा जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग(कान्छाराम)ले सम्मान पत्र प्रदान गर्नुभयो । सम्मानित पथिक राष्टिय तथा स्थानिय विभिन्न संचारमाध्यममा सकृय रुपमा पत्रकारीता गर्दै आउनु भएको छ भने श्रेष्ठ रेडियो तिफदीमा काम गर्दै आउनुभएको छ ।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे लगायत जिल्लाका सकृय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon