गाेलन्जाेर गाउँपालिकाकाे स्वास्थ्य शिविरमा उन्नाइस सय बाउन्नले गरे स्वास्थ्य जाँच,
सिन्धुली
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा २ दिने निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर गाेलन्जाेर गाउँपालिका र संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय,निजामती कर्मचारी अस्पताल काठमाडौंकाे संयुक्त आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे समन्वयमा संचालित २ दिने राेग विशेषज्ञ डाक्टर सहितको नि:शुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम आज ( शनिबार ) समापन भएको छ । हिजो ( शुक्रबार ) देखि संचालन भएको स्वास्थ्य शिविरमा हिजोकाे महिला ३८७ र पुरुष २९८ गरि जम्मा ६८५ ले स्वास्थ्य परिक्षण गराएका थिए भने आज (शनिबार) महिला ८८० पुरुष ३८७ गरि जम्मा १९५२ जनाले ६००० ( छ हजार ) आइटमकाे स्वास्थ्य परिक्षण गरेका थिए ।
प्रमुख अतिथि निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डाक्टर बिधान निधि पाैडेलकाे आतिथ्यतामा गाेलन्जाेर गाउँपालिकाकाे अध्यक्ष शंकर राज बरालकाे अध्यक्षतामा ,उपाध्यक्ष ज्वाला न्याैपाने( पुकार ) प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चाैधरी,स्वास्थ्य शाखा प्रमुख विरेन्द्र शाह सहित स्वास्थ्यमा कार्यरत सम्पूर्ण कर्मचारी र गाेलन्जाेर गाउपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुकाे सहभागीता थियो ।
निजामती सेवा दिवस २०८१ काे अवसरमा नेपाल निजामती कर्मचारी संगठन द्वारा आयाेजित स्वास्थ्य शिविर कार्यक्रममा हाडजोर्नी तथा नशा राेग सेवा,जनरल मेडिसिन सेवा,स्त्री तथा प्रस्तुति राेग सेवा,छाला राेग सेवा,जनरल सर्जरी सेवा,दन्त राेग सेवा,मनाेराेग सेवा,बाल राेग सेवा,आँखा राेग सेवा,फेमिली मेडिसिन सेवा,फिजियाेथेरापी सेवा,इ.सि.जी.सेवा,भिडियो एक्सरे सेवा,औषधि वितरण सेवा (फार्मेसी सेवा ) रगत परिक्षण सेवा (ल्याव सेवा ) एक्सरे सेवा,साधारण शल्यक्रिया सेवाहरु उपलब्ध गराइएको थियोे
समापन कार्यक्रममा गाेलन्जाेर गाउँपालिका उपाध्यक्ष ज्वाला न्याैपाने ( पुकार) ले विशेषज्ञ डाक्टर सहितकाे सिङ्गो मेडिकल टिमलाइ धन्यवाद दिदै हामी निर्वाचित भए पछि धेरै स्वास्थ्य शिविर संचालन गरेको थियौ त्यस मध्ये सर्वकृष्ट शिविरको रुपमा याे शिविर संचालन भएकाे छ । यसैगरी आगामी दिनमा पनि निजामती कर्मचारी अस्पताल र गाेलन्जाेर गाउँपालिकाकाे सहकार्य निरन्तर रहिरहने प्रतिबद्धता गर्नु भयो ।
निजामती कर्मचारी अस्पतालका बिशेषज्ञ डाक्टर सहित मेडिकल टिममा रहनु भएका ६० जनालाइ मायाको चिनाे र प्रशंसा पत्रसहित सम्म गरिएकाे थियोे
स्वास्थ्य शिविर समापनका अध्यक्ष गाेलन्जाेर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले भन्नुभयो भौगोलिक विकटता तथा जनताकोे स्वास्थ्यलाई ध्यानमा राखेर गोलन्जोर गाउँपालिका –३ ग्वाल्टारमा स्वास्थ्य शिविर सन्चालन गरेको थियौं । २ दिनमा १९५२ जनाले ६००० आइटमकाे परिक्षण गराउनु भयो जाे स्वास्थ्यमा राेग देखियो उहाँहरुकाे स्वास्थ्य लाभको कामना गर्दै जसलाई निजामती कर्मचारीकाे अस्पताल बाेलाईएकाे छ उहाहरुले त्यहा गएर आफ्नो स्वास्थ्यकाे राम्रोसँग उपचार गराउनु हाेला जसलाई राेग देखिएन उहाँहरुले पनि स्वास्थ्यमा ख्याल गर्नु भन्दै विशेषज्ञ डाक्टर लगाए ६० जना मेडिकल टिमलाई धेरै धेरै धन्यवाद भन्दै आगामी दिनमा पनि गाेलन्जाेर गाउँपालिका र निजामती अस्पताल काठमाडौंकाे सहकार्य भैरहने प्रतिबद्धता गर्दै कार्यक्रम समापन गर्नुभएको गाेलन्जाेर गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत मीन आछामिले जानकारी दिनुभयो ।








