राष्ट्रिय दलित कल्याण सङ्घ रामेछापको अध्यक्षमा फेरि पनि भए लेखबहादुर विक चयन,

२०८१ भाद्र ३० गते, आईतवार

नेपाल राष्ट्रिय दलित कल्याण सङ्घ जिल्ला शाखा रामेछापको अध्यक्षमा पुनः लेखबहादुर विक चयन हुनुभएको छ ।

शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको सङ्घको तेस्रो जिल्ला अधिवेशनले पुनः विकको नेतृत्वमा ११ सदस्यिय नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले सङ्घको उपाध्यक्षमा राजु मुग्राती, सचिवमा शर्मिला विसुन्के, कोषाध्यक्षमा गोपाल नेपालीलाई चयन गरेको हो ।

त्यसैगरी सदस्यहरूमा मिलन विक, दीपेन्द्र नेपाली, सम्झना उरकुटी, कल्पना नेपाली, कुमार मिजार, कुलबहादुर रोका र सुशिला मुग्राती चयन भएका छन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon