दुर्घटना न्यूनीकरणका लागि रामेछापमा सवारी चालकहरुकाे प्रतिबद्धता अभियान

२०८१ आश्विन ४ गते, शुक्रबार

रामेछापमा चाडपर्वलक्षित दुर्घटना न्यूनीकरणका लागि सवारीचालकको प्रतिबद्धता कार्यक्रम शुभारम्भ गरिएको छ । जिल्ला सदरमुकाम मन्थलीमा बिहिबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।

नेपालीहरुको महान पर्व दशैँ,तिहारलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा अभियानको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दिपक चौलागाईले बताउनुभयो ।

बिहिबार मोटरसाईकल चालक ७ जना र ठूलो सवारी चालक १५ जना गरी जम्मा २२ जना चालकहरुलाई प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाई ५० वटा सवारी साधनमा सवारी दुर्घट्ना न्यूनीकरण स्टिकर टाँस गरीएको ट्राफिक प्रहरी प्रमुख चौलागाईले बताउनुभयो ।

चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटनाका जोखिमलाई मध्यनजर गर्दै सवारीचालकसँग लिखित प्रतिबद्धता लिने उहाँले बताउनुभयो । अभियानमा सार्वजनिक सवारी, निजी सवारी, दुईपांग्रे सवारीका चालकहरूलाई ट्रफिक प्रहरीले लिखित प्रतिबद्धता गराउनेछन् ।

प्रतिवद्धतामा हतार गरेर सवारीसाधन चलाउदिन, म र मेरा यात्राुहरुलाई बच्चाउछु,रक्सी तथा नशालुपदार्थ सेवन गरेर सवारीसाधन चलाउदिन, ओभरट्याक गर्दा सुरक्षित नभए सम्म गर्ने छैन, ढिलो पुगेर केही हुँदैन छिटो गएर दुर्घटनामा पर्नु छैन, गाडीको चेकजाँच गरेर मात्रै सडकमा निकाल्छु, पूर्ण रुपमा ट्राफिक नियम पालना गर्छु भन्ने प्रतिवद्धता गराईने छ ।

साथै आउँदै गरेको चार्डपर्वलाई लक्षित गरेर बढी भाडा लिने, सिट भन्दा बढी यात्रु चढाउने, मापसे गरेर सवारीसाधन चलाउने जस्ता गतिविधीलाई नियन्त्रण गर्न चेकजाँच र कारबाहीको कामलाई निरन्तरता दिइने ट्राफिक प्रहरी प्रमुख चौलागाईले बताउनुभयो

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon