पाँच करोड ठगी गरेर फरार व्यक्तिलाई कम्बोडियाबाट नेपाल ल्याइयो

२०८१ कार्तिक २० गते, मंगलवार

वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक जना फरार व्यक्तिलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

शाक्यले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भन्दै ४० जनाभन्दा धेरै व्यक्तिबाट पाँच करोड दुई लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार थिइन् ।

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई पक्राउ गर्नका लागि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो । सुजनलाई गएको कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon