सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला

२०८१ कार्तिक २० गते, मंगलवार

सर्लाहीको बयलबासबाट महोत्तरीको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा चालकसहित २ जनाको ज्यान गएको छ ।

कार पोखरीमा डुब्दा बेपत्ता भएका कार चालक गौशाला नगरपालिका–१० सुरेश महतो र महोत्तरीको सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको ज्यान गएको हाे । महोत्तरीको गौशाला नगरपालिका–२ का जनक यादव भने पौडिएर निस्कनुभएको छ ।

आज बिहान ईश्वरपुर नगरपालिका–२ मियाँखोरको सरस्वती माध्यामिक विद्यालयको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो । पानीमा डुबेको कार पनि  निकालिएकाे बर्दिबासको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीले जनाएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon