पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना,

२०८१ मंसिर ७ गते, शुक्रबार

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

अबको २४ घण्टामा कोशी, बाग्मती  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक,दुई ठाउँमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक,दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले आवश्यकता सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon