रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

२०८१ मंसिर ८ गते, शनिबार

रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर १२, १३ र १४ गते ३ दिन प्रतियोगिता संचालन हने गाउँपालिकाले जानकारी दिएको छ ।

पर्यटकीय तथा सुन्दरभूमि गाउँपालिकाको वडा नं २ बाम्ती भण्डार स्थित श्री सिद्वेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । ३ दिनसम्म संचालन हुने प्रतियोगितामा विभिन्न खेलहरु खेलाईने छ ।

उमाकुण्ड गाउँपालिकाले खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिष्णुता साथै आपसी हार्दिकतालाई कायम राख्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उदेश्यका साथ हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।

गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले प्र तियोगिताको उद्धघाटन गर्नुहुनेछ । उक्त प्रतियोगितामा गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार,सातैवटा वडाका अध्यक्ष,कार्यपालिका सदस्यहरू, पालिकास्तरीय राजनीतिक दलका नेताहरू, सातैवटा माविका प्रधानाध्यापक, खेलकुद विकास समितिको पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा खेलप्रेमी महानुभावको उपस्थितिमा सहित बृहत संस्कृतिक कार्यक्रम र खेलकुदका कार्यक्रमहरु हुने बताइएको

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon