फर्पुमा गाडी दुर्घटना दुर्घटनामा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु

२०८१ मंसिर १४ गते, शुक्रबार

रामेछाप।

रामेछाप जिल्लाकाे गाेकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा भएको गाडी दुर्घटनामा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाण्डौँबाट बेताली आउँदै गरेको ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटनामा परेको हो । मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको र घाईतेहरु ३ जनालाई उद्धार गरी मन्थली अस्पताल ल्याइएको उहाँले बताउनुभयो ।

दुर्घटना भएको गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख एवं डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon