छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापति गाउँपालिकामा शुरु,
२०८१ मंसिर १६ गते, आईतवार
रामेछाप ।
रामेछाप जिल्लाकाे सुनापति गाउँपालिकामा हिजो (शनिबार)देखी छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले गर्नुभएको थियोे । पालिकाभरीका ८ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन ।
प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका विभिन्न खेलहरु खेलिनेछन् ।








