काभ्रेपलान्चोकमा अवैध’ सुन सहित दुई जना पक्राउ

२०८१ मंसिर २८ गते, शुक्रबार

काभ्रे ।

काभ्रेपलान्चोकमा ठूलो परिमाणको ‘अवैध’ सुन सहित दुई जना पक्राउ परेका छन् । लुकाई छिपाई काठमाण्डौंबाट बनेपा तर्फ ल्याउँदै गरेको ५५९.७ ग्राम सुनसहित दुई जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको हो ।

रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ नागदह धोवी स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत अत्यन्तै निडर व्यावसायिक छवि भएका प्रहरी निरीक्षक प्रशान्त तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले ‘अवैध’ सुन बरामद गरेको हो ।
काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका –९ बस्ने ३७ बर्सिय कार चालक बसन्त कुमार लामा र कारमा सवार रामेछाप जिल्ला रामेछाप नगरपालिका – १ स्थायी घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका –५ घोगेचौर बस्ने २९ बर्सिया अमृत श्रेष्ठलाई उक्त परिमाणको सुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गत आइतबार दिउँसो गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी निरीक्षक तामाङ नेतृत्वको टोलीले काठमाण्डौंबाट बनेपा तर्फ आउँदै गरेको बागमती बि.एडि ८६०१ नम्बरको निलो रङ्गको कारलाई चेकजाँच गर्दा फेला परेको उक्त सुन ७१ लाख ८३ हजार ४ सय ६९ रुपैयाँ बराबरको रहेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।
उहाँको अनुसार काभ्रेमा विगत १० वर्षभन्दा पछाडी प्रहरीले यति ठुलो परिमाणको अवैध सुन बरामद गरेको हो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon