गोलञ्जोर गाउँपालिका तिनकन्या बगैचाकाे जुनार ब्रान्डिङ,

२०८१ मंसिर ३० गते, आईतवार

सिन्धुली ।
याे वर्ष सिन्धुली जिल्लाकाे गोलञ्जोर गाउँपालिकाको तिनकन्या बगैचाकाे जुनारकाे ब्रान्डिङ गरिएकाे छ यसमा जुनार उत्पादक कृषकको बारेमा जानकारी समेत राखिएको हुन्छ । अमिलो प्रजातिको फलफूल जुनारको स्वाद र परिकार चखाउने उद्देश्यले राजधानी मा आयोजित साताब्यापि गोलञ्जोर जुनार मेला चलिरहेकाे छ ।

मेलामा जुनार जुस, केक, आइसक्रिम, जुनार सलाद, क्रेप सुजेट, फ्रेस जुनारको जुस, हट जुनार जुस, हट जुनार जुसको साथमा रम र स्थानीय जौको रक्सीसँग जुनार जेस्टको फ्रेस स्वाद जस्ता परिकार राखिएको ग्रीन ग्रोथले जनाएको छ ।

ग्रीन ग्रोथ ग्रुप, स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेले संयुक्त आयोजनामा कुपण्डोलस्थित रैथाने रेष्टुरेन्ट र ललितपूरका हाटहरुमा जुनार मेला सञ्चालन गरिएको छ । रैथाने रेष्टुरेन्टमा जुनारका परिकार चाख्न र ललितपुरको साझा सहकारीमा शुक्रबार शनिवार धाेबिहाट मा आइतबार र भनिमण्डलमा मङ्गलबार हुने हाटमा जुनार किन्न पाइने छ ।

ग्रीनग्रोथका सञ्चालक निस्चल पाेखरेलका अनुसार पहिलो कुरो त जुनार कस्तो खालको फल हो भनेर उपभाेक्तालाई चिनाउन नै पर्ने अवस्था छ । प्रायः ले नुन खुर्सानीमा साँधेर या जुस बनाएर जुनार खाने गरिए पनि जुनारबाट अन्य परिकार केके बनाउन सकिन्छ भन्ने जानकारी दिनका लागि समेत जुनार मेला गरिएको बताउनुभयो ।

स्टाेरी साइकलका सञ्चालक दिपीका ज्ञवालीका अनुसार उपभोक्ताले जुनारको उत्पादनदेखि बजारसम्मको यात्रा विवरण क्यूआर कोडबाट ट्रयाक गरेर हेर्न सक्छ । हाम्राे करेशा माेवाइल एप बाट यो क्यूआर कोड स्क्यान गरेपछि उपभोक्ताले किन्दै गरेको जुनार कहाँको हो भन्ने जानकारी पाउँछ । खरिद गरेको जुनारमा कहिले मल हालेको, कहिले टिपेको, कति दूरी पार गरेर ल्याइएको हो ? जस्ता विवरण उपभोक्ताले पाउन सक्छ ।

गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र कान्त चौधरीका अनुसार जुनार २९८ कृषकले १ हजार ४५ हेक्टरमा जुनार खेती गरिरहेका छन् । सिन्धुलीका ४ स्थानीय तह सुनकोसी–७ मझुवा, कमलामाई–३ जलकन्या, गोलञ्जोर–१ देखि ६ सम्म र तीनपाटन–७ तोश्रामखोलामा बगैचा छ । सवै भन्दा बढी गोलञ्जोर गाउँपालिकाकाका अधिकांश क्षेत्रमा जुनार खेती गरिन्छ । याे मेला बाट गोलञ्जोर जुनारले बिषिस्ठ पहिचान दिन सक्छ ।

अमिलो जातको फलफूल सिट्रस वर्गमा पर्ने जुनार नेपालको एक मात्र मौलिक फल हो । रामेछाप र सिन्धुलीमा अत्यधिक फल्ने जुनार अहिले देशका विभिन्न भागमा फैलिएको छ । धनकुटा, बैतडी, डोटी, डडेलधुरा, ओखलढुंगा, लमजुङ, पाल्पा र रुकुममा मुख्यगरी जुनार खेती हुने गरेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon