जुनेली बचत तथा ऋण सहकारी संस्थाले गर्याे १८ औं वार्षिक साधारण सभा सम्पन्न,

२०८१ पुष १० गते, बुधबार

सुनिश्चित भविष्यको लागी आम्दानीको केही अंश बचत गर्ने बानी बसालौँ” भन्ने मूल नाराका साथ आज ( बुधबार ) जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

रामेछाप नगरपालिका ८ रामेछाप बजारमा कार्यालय रहेको संस्थाको कार्यक्षत्र रामेछाप नगरपालिकाको वडा नं ६,७,८,९ र मन्थली नगरपालिकाको वडा नं ४ र ६ हो । २०६४ सालमा स्थापना भएको यो संस्थाले १७ वर्षे यात्रा पुरा गरेको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष उमेश विक्रम थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon