९ करोड ४५ लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको पक्की पुलकाे भयो शिलान्यास,

२०८१ पुष ८ गते, सोमबार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउपालिका वडा नं ६ मा बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, हेटौंडाबाट कुल लागत रु. ९ करोड ४५ लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको पक्की पुल आज ( साेमबार) शिलान्यास भएकाे छ पक्की पुल ७० मिटर लामाे बन्ने छ ।

गाेलन्जाेर गाउपालिका वडा नं ६ घाेक्सिला खाेलामा निर्माण हुन लागेको बाराहा घाेक्सिला जाेड्ने पक्की पुल गाउँँपालिका अध्यक्ष शंकर राज बराल र पालिका उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने( पुकार) ले संयुक्त रुपमा शिलान्यास भएको थियो ।

पुलको शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने ( पुकार), प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चौधरी सहित अन्य कर्मचारीहरु, पुल निर्माण कार्यको जिम्मेवार सिर्जना निर्माण सेवाका निर्माण व्यवसायी प्रमुख एंव प्रतिनिधहरु, स्थानीय राजनितिक दलका प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु र स्थानीयवासीहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon