गोलन्जोर गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण,

२०८१ पुष २२ गते, सोमबार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिका अन्तर्गत बाढीपीडित परिवारलाई मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा आज (साेमबार) नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले राहत हस्तान्त्रण गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने(पुकार) नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालय काठमाण्डौंका पदाधिकारीहरु ,गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु लगायत स्थानीयवासीहरुको संयुक्त उपस्थितिमा २५ के.जि चामल १०० बाेरा र १९७ थान कम्मल गाेलन्जाेर गाउँपालिकाकाे बाढीपीडित परिवारहरुलाइ सहयोग स्वरुप प्रदान गरिएकाे थियोे ।

कार्यक्रममा पालिका अध्यक्ष शंकर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने(पुकार)ले नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालय काठमाण्डौं र नेपाल भारत मैत्री संघ, जिल्ला कार्य समिति सिन्धुलीलाई व्यक्तिगत र समग्र गाउँपालिकाको तर्फवाट हार्दिक कृतज्ञा सहित स-धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon