सिन्धुलीको गाेलन्जाेर गाउँपालिकामा एकैदिन तीनवटा भवन शिलान्यास,

२०८१ माघ ८ गते, मंगलवार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिकामा आज ( मंगलबार )  एकैदिनमा तीनवटा भवन शिलान्यास भएका छन् ।   आधरभुत  स्वास्थ्य चाैकी दुईवटा  र वडा कार्यालय एउटा   गरि तीनवटा भवन शिलान्यास भएको हाे ।

गाेलन्जाेर गाउपालिकाका  अध्यक्ष शंकरराज बरालकाे प्रमुख आतिथ्यता र  उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने  (पुकार) काे विशेष  आतिथ्यतामा वडा नम्बर ४ काे किराते र माझकुभिण्डे स्वास्थ्य चाैकी तथा साेहि वडाकाे वडा कार्यालय भवन सिल्यास गरिएकाे हाे ।

स्वास्थ्य चाैकी निर्माणमा ब्याक टु लाईफ ईभी जर्मनिले ४ कराेड लगानि गरेकाे छ भने वडा कार्यालय भवन निर्माणमा गाउँपालिकाकाे ४० लाख बजेट रहेकाे छ । कार्यक्रम वडा नम्बर चारका वडा अध्यक्ष भक्त बहादुर भुजेलकाे अध्यक्षतामा भएकाे थियो ।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon