समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था लि रामेछापको १७ औँ वार्षिक साधरणसभा सम्पन्न,
समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था लि रामेछापको १७ औँ वार्षिक साधरणसभा आज (बुधबार ) सम्पन्न भएको छ। सस्थाकाे साङ्गाठानिक वार्षिक प्रगति प्रतिवेदन सचिव निरमाया शाहिले गर्नुभएको थियोे ।
त्यसैगरी ५ सय ४८ जना सेयर सदस्य रहेको संस्थाको आव २०८०/८१ मा ४ लाख ९ हजार ६ सय सेयर पुँजी रहेकोमा १ करोड ४८ लाख ४ हजार ५ सय ४४ रुपैयाँको कारोबार गरेको कोषाध्यक्ष कल्पना देवकोटाले प्रस्तुत गर्नुभयो भने लेखा प्रतिबेदन लेखा सुपरिवेक्षक सयाेजक घना श्रेष्ठले लेखा प्रतिवेदन वाचन गर्नुभएको थियो ।
समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरु १५ जनालाई चिठ्ठा कार्यक्रम राखी कसाैँडी उपहार दिएर महिलाहरुकाे लागि एक उदाहरणीय संस्था बनेको छ ।
साधारणसभा कार्यक्रम सहकारीका अध्यक्ष लक्ष्मी घिसिङ्गको अध्यक्षता भएको थियो भने कार्यक्रम संचालन संस्थाका व्यवस्थापक अपना कुमारी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सम्पूर्ण सदस्य,बचतकर्ताहरुको उपस्थिती रहेको थियो ।![]()







