सिन्धुलीको गाेलन्जाेर गाउँपालिकामा आज देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,
“राष्ट्रका लागि खेलकुद -स्वास्थ्यका लागि खेलकुद ” भन्ने नाराका साथ सिन्धुली जिल्लाकाे गोलन्जोर गाउँपालिकामा “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (बिहीबार )देखी सुरु भएको छ कार्यक्रमका प्रमुख अतिथि गाेलन्जाेर गाउपालिका अध्यक्ष शंकर राज बराल,विशेष अतिथ ज्वाला प्रसाद न्याैपाने (पुकार) बाट संयुक्त भलिबलबाट खेलकाे उद्घाटन भएको थियो ।
प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि शंकर राज बराल र विशेष अतिथि ज्वाला प्रसाद न्याैपानेले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गर्ने बताउनुभयो ।![]()
गाेलन्जाेर गाउँपालिका भरीका १० वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगिता गाेलन्जाेर गाउँपालिकाकाे काैशिका मा.विमा सन्चालन भईरहेको छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लङ्जम, त्रिपलजम, रनिङ १५ सय मिटर दाैड र रिले दाैड, लगायतका खेलहरु खेलाईने छ ।
उद्घाटन कार्यक्रमा पालिका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने ( पुकार ) प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चाैधरी, गाेलन्जाेर गाउँपालिकाकाे सम्पूर्ण वडाका वडा अध्यक्षहरु, गाेलन्जाेर गाउँपालिकाभरिका १० वटै विद्यालयका प्रधानाध्यापकहरु, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस साेसाईटी ग्वालटार उपशाखाका सभापति ओम कुमार कार्की (गाैरव),काे उपस्थिति थियो । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष भक्त बहादुर भुजेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रम गाेलन्जाेर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रन्जित देवकोटाकाे अध्यक्षतामा भएको थियोे भने कार्यक्रम सँचालन खेलकुद बिकास समितिका सदस्य सचिव हरिकिश्वर कार्कीले गर्नुभएको थियोे ।![]()







