निशान बचतले १२ औँ साधारणसभा भव्य र सव्य रुपमा गर्याे सम्पन्न,
रामेछाप ।
‘खुशी,सुशी र समृद्धिको पहिचान,हाम्रो आफ्नै सहकारी निशान’ भन्ने मूल नाराका साथ स्थापना भएको निशान बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जुन उद्धेश्यले यो संस्था स्थापना भएको हो सोहि अनुसार कामहरु भैरहेको महसुस आफुले गरेको उहाँले बताउनुभयो ।
दैनिक बचत गर्ने बानिले समस्या परेको बेलामा धेरै राहत मिल्ने भन्दै उहाँले नियमित बचत गर्ने बानि बसाल्न आग्रह गर्नुभयो । वडाले हरेक नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने कामलाई निरन्तरता दिँदै आएको समेत उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा बोल्नु हुँदै केवलेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव बहादुर श्रेष्ठले सहकारी क्षेत्रमा पछिल्लो समय धेरै समस्या देखिएपनि रामेछापमा यस्तो समस्या नरहेको उहाँले बताउनुभयो । हरेक ऋणीहरुले लिएको ऋण सहि सदुपयोग गरेर समयमै बुझाएमा सहकारीहरु कुनै समस्या नआउने उहाँले बताउनु भयो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सुजन घिमिरेले राख्नुभएकाे थियोे ।
कार्यक्रममा सचिव अपना श्रेष्ठले सागठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो उक्त प्रतिवेदनमा सस्थाले गरेकाे कार्यहरु र आगामी कार्ययाेजना समेत समाबेश भएकाे थियोे त्यसैगरी काेषाध्यक्ष अमित तामाङले आ,ब,०८०/०८१,आ,ब,०८१/०८२ र आ,ब,०८२/०८३ काे यथार्थ,सशाेधित र प्रस्तावित बजेट तथा कार्यक्रम पेश गरेकाे थियाे । लेखा सुपरिवेक्षण समितिका सदस्य सीता तामाङले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भयकाे थियाे ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख ७० हजार ७ सय ९६ रुपैया आम्दानी गरेको संस्थाका कोषाध्यक्ष अमित कुमार तामाङ्गले बताउनुभयो । संस्थाको शेयर पुँजी २४ लाख ९३ हजार,सदस्यहरुको बचत निक्षेप ४ करोड ४० लाख ६३ हजार ७ सय १७ रुपैयाँ रहेको बताइएको छ । संस्थाले २ करोड ९३ लाख २२ हजार ७ सय ७५ रुपैया ऋण लगानी गरेको छ ।
वार्षिक साधारण सभा कार्यक्रममा शेयर सदस्यहरुको बिचमा हाजिरी जवाफ,जेष्ठ नागरीक सदस्य सम्मान,मृतक सदस्यको परिवारलाई राहत कोष वापतको रकम प्रदान,बाल सदस्यबाट शेयर सदस्यमा वृद्धि हुनेलाई कप वितरण र चिठ्ठा कार्यक्रम समेत गरिएको थियो। चिठ्ठाकाे प्रथम पुरस्कार ग्यास सिलिन्डर सहित चुलाे सेट,दाेस्राे तामाकाे गाग्री तेस्रो इन्डेक्सन चुलाे सान्त्वना पुरस्कार १० जनालाई थर्मश प्रदान गरेकाे थियो भने चिठ्ठा संचालनकाे नियम वाचन सहित कार्यक्रम सचालन पुर्व अध्यक्ष तथा सल्लाहकार घना श्रेष्ठले गर्नुभएको थियो ।
संस्थाले आफ्नो मृतक शेयर सदस्यहरु ४ घर परिवारलाई जनही २० हजारको दरले मृत्यु राहत काेष वितरण गरेको थियो । जेष्ठनागरिक ८ जना लाई प्रति व्यक्ति ५०० नगद सहित सम्मान बालबाट शेयर सदस्यमा जाने १० जनालाई सस्थाकाे लाेगाे प्रिन्ट कप प्रदान गरेकाे क्विज कन्टेन शेयर सदस्य १० जनालाई लाेगाे भयकाे कप प्रदान क्वीज कन्टेन र बाल सदस्य दिप्सीका कार्कि र स्तुति श्रेष्ठ ले सहकारी सम्बन्धि नृत्य प्रस्तुत गरेका थिए नृत्य प्रस्तुत गर्ने बाल सदस्यलाइ कापी र कप दियर सम्मान गरेकाे थियो ।
यो सहकारी संस्थामा ७ सय ६५ जना शेयर सदस्य र १ सय ९८ जना बाल सदस्य रहेका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा कार्यालय रहेको संस्था २०६९ फाल्गुण २२ गते स्थापना भएको हो । संस्थाको साधारणसभा कार्यक्रम संचालन साेहि संस्थाकाे सचिव अपना कुमारी श्रेष्ठले गर्नुभएको थियो ।![]()







