गाेलन्जाेर गाउँपालिकाकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काैशिका माध्यमिक विद्यालय प्रथम,

२०८१ माघ १९ गते, शनिबार

सिन्धुली ।

“राष्ट्रका लागि खेलकुद -स्वास्थ्यका लागि खेलकुद ” भन्ने नाराका साथ सिन्धुली जिल्लाकाे गोलन्जोर गाउँपालिका मा बिहीबार देखि सुरु भएको  “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  श्री काैशिका माध्यमिक विद्यालयले जितेको छ । पालिका भित्रका १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री काैशिका माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।

काैशिमा माध्यमिक विद्यालयले विभिन्न खेलमा १३ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा द्धितिय भएको जनज्योति मावि खुर्काेटले ६ स्वर्ण, १० रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितमा तृतिय भएको  शारदा  मावि बेखटाडी ६ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्न सफल भएको छ

प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लङ्जम,  त्रीपलजम्प, रनिङ १५ सय मिटर दाैड र रिले दाैड, लगायतका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई गाेलन्जाेर गाउँपालिका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने (पुकार),प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चाैधरी,खेलकुद समितिका अध्यक्ष रन्जित देवकोटा,सम्पूर्ण वडाका वडाअध्यक्ष राजनैतिक दलका प्रमुखहरु, निबर्तमान जनप्रतिनिधिहरु, गोलन्जोरका सबै मा.विका प्रधानाध्यापक ,रेडक्रसकर्मिहरु, लगायत कार्यक्रमका आतिथिहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

ग्वालटारका स्थानीय बासिन्दा ओम कुमार कार्की ले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon