मरिण गाउँपालिका वडा नं ४ साहान भालुमारा सडक बहुवर्षिय ठेक्का गरी पक्की सडक निर्माण हुने,

२०८१ माघ २१ गते, सोमबार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे मरिण गाउँपालिका वडा नं ४ साहान भालुमारा सडक बहुवर्षिय ठेक्का गरी पक्की सडक निर्माणको लागी आज( साेमबार) अन्तिम छलफल भएको थियोे ।

छलफल कार्यक्रममा संघीय माननिय राजन दाहाल, प्रदेश माननिय छत्र बम्जन, मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान (प्रख्यात ), उपाअध्यक्ष बिमला माझी, वडा अध्यक्ष जित बहादुर श्रेष्ठ, कुसल काल्तान  लगायत अन्य समाज सेवि हरुको उपस्थितिमा  छलफल भएको थियो ।

संघीय माननीय राजन दाहालले छलफलमा आफ्ना कुरा राख्दै भन्नू भयो  अहिले आकाे बजेट प्रयोग गराै बजेट ल्याउन  पहल गराै हामी सबै मिलिर विकासकाे काम गर्ने हाे विकास गर्ने कुरा याे जनताको काम हाे मैले गर्नु पर्ने ठाउँमा के के गर्दा हुन्छ म गर्छु भन्ने प्रतिबद्धता गर्नु भयो  ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon