सिन्धुलीकाे जनता माध्यमिक विद्यालयले मनायो अभिभावक दिवस र ६७ औँ वार्षिकोत्सब,
सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिका वडा नं ५ जनता माध्यमिक विद्यालय खनियाखर्कमा आज (साेमवार) वि.व्य.स.काे अध्यक्ष निर्मल रम्तेलकाे अध्यक्षतामा ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हाे
वार्षिकोत्सब कार्यक्रममा गाेलन्जाेर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने ( पुकार)काे प्रमुख आतिथ्यता भएको थियो भने अतिथिहरुमा गाेलन्जाेर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चाैधरी,पालिका प्रबक्ता रेगन राज थापा, वडा नं ५ का वडा अध्यक्ष गाेविन्द लुङ्गेली,शिक्षा शाखा प्रमुख सुस्मा आचार्य,शिक्षक,शिक्षिका विद्यार्थी,अभिभावकहरुकाे उपस्थिति भएको थियो ।
वार्षिकोत्सब कार्यक्रममा गाेलन्जाेर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने (पुकार) ले अहिले स्थितिमा विद्यार्थीहरुकाे जनसंख्या दिनानुदिन घट्दै गकाे छ शिक्षकहरुकाे संख्या दिनानुदिन बढ्दै गकाे छ गाेलन्जाेर गाउपालिकाले शिक्षामा लगभग २४ कराेड रुपैया भाैति संरचना बाहेक वार्षिक रुपमा गाेलन्जाेर गाउपालिकाका विद्यार्थीहरुलाइ खर्च गरेको छ हाम्रो विद्यार्थी संख्या जम्मा ४५ सय ५० मात्र छ । हामी अब कक्षा समायोजन र विद्यालय समायोजन गर्नु पर्छ ।
हामी अनुगमन जादा कतै विद्यार्थी भन्दा शिक्षक संख्या बढी भकाे स्थिति पनि छ अब त्यो स्थितिलाई सुधारेर हामी कक्षा समायोजन र धेरै ठाउँमा विद्यालय समायोजन गरेर जानुपर्छ भन्ने हाम्रो साेच छ यसमा सबैले साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु उहाँले भन्नुभयो शिकहरुले जिम्मेवार बन्नुपर्छ अध्यक्ष ज्यूलाइ विशेष सुजाव दिन चाहान्छु यसपालि के प्रयत्न गर्न चाहानुहुन्छ अब दुई महिना बाकी छ see आउन see काे रिजर्ट सुधार्न काेचिङ् गरेर हुन्छ कि टियूसन गरेर हुन्छ यसमा तपाईहरु लाग्नुस् गाउँपालिका सदैब तपाईंहरुकाे साथ रहन्छ भन्ने प्रतिबद्धता गर्नु भयो
विद्यार्थीका विभिन्न खेल विधा र अक्षयकोष स्थापना सहयोग गर्ने, JSDP सिन्धुली लाई विभिन्न विभिन्न सहयोग गरेकोमा विद्यार्थी र सहयोग गर्नेलाई प्रमाणपत्र सहित १ थान सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरियो ।![]()







