सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ६९.६ अंक प्राप्त गरी जिल्लाकै स्थानीय तहहरुमध्ये भयो दाेस्राे,
२०८१ फाल्गुन १ गते, बिहीबार
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २०८०/०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्यांकनमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले ६९.६ अंक प्राप्त गरी सिन्धुली जिल्लाका स्थानीय तहहरुमध्ये दोस्रो भएको छ ।
गाउँपालिकाले आ.व २०८०/०८१ को स्थानीय तह संस्थागत स्वमूल्यांकन (LISA) मा ६५ अंक र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ७१.५ अंक प्राप्त गरी नतिजा सार्वजनिक गरेकाे छ ।







