सुनापति गाउँपालिमा दुई दिने घुम्ती शिविर संचालन हुदा चाैँधसय त्रिचालीसले लिए सेवा,
रामेछाप जिल्लाकाे सुनापति गाउँपालिकाकाे आयोजना,जर्मन नेपालकाे सहयोग तथा विकासका लागि एकता संघको सहकार्यमा धुलिखेल अस्पताल,चाबहिल डेण्टल अस्पताल, नेपाल नेत्रज्योति संघ र सगरमाथा चाैधरी आँखा अस्पतालकाे प्राविधिक सहयोगमा सुनापति गाउँपालिकामा संचालित २ दिने नि:शुल्क घुम्ती शिविर हिजो (शुक्रबार) समापन भएको थियोे ।
शिविर फागुन १ गते सुनापति गाउँपालिकाकाे आधारभूत अस्पताल हिलेदेविमा २ गते र वडा नं ५ काे कृष्णपुरी मा.विकाे प्राङ्गणमा संचालन भएको थियोे शिबिरमा स्त्रीरोग,दात,आँखा र सामान्य स्वास्थ्य परिक्षण भएको र स्वास्थ्य सम्बन्धी परामर्श साथै औँँषधी वितरण भएको थियो ।
पहिलो दिन हिलेदेवीमा संचालन भएको शिविरबाट जनरल चेकजाँच २६२ जना, आँखा चेकजाँच २३०जना, दात परिक्षण १५५ जना, स्त्रीरोग सम्बन्धि जाँच ८० जना गरि जम्मा ७२७ जनाले सेवा लिएका थिए भने दाेस्राे दिन जनरल जाँच २९५ जना, आँखा जाँच २०५ जना दातकाे जाँच १४८ जना र स्त्रीरोग जाँच ६८ जना गरि जम्मा ७१६ जनाले सेवा लिएरका थिए दुई दिनकाे शिविरबाट जम्मा १४४३ ले सेवा लिएकाे सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रधानले जानकारी दिनुभएको
विविध कारणले सदरमुकाम र राजधानीका अस्पतालबाट स्वास्थ्य सेवा लिन नसकेका ग्रामीण सामुदायकाजनताले यश शिविरबाट सेवा लिएका छन् । सेवा लिनेहरुमा महिलाहरुकाे संख्या बढी रहेको जानकारी प्राप्त भएको छ । ![]()







